सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजे : केपी ओली

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजेको टिप्पणी गरेका छन् ।

आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा रहेकाले भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजेको टिप्पणी गरेका हुन् । नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको उनले बताए । ओलीले सरकारले नारायणहिटीलाई निल्न खोजेको र जनता कराएपछि भाग्न बाध्य भएको उल्लेख गरेका छन् ।

त्यस्तै उनले जनादेशबाट परमादेश भएको यो ‘म्यादी सरकार’ भएको भन्दै अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउने धारणा राखेका छन् ।

सहिद मनोज झपेन्दै स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन पश्चात् ओली कमल गाउँपालिका– ७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण गरेका हुन् । आइतबार नै उनले झापाको झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन समेत गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्