एमसीसी बारे रामचन्द्र पौडेल : 'आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ'

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना एमसीसी बारे बोलेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै यो राष्ट्रको हितमा हुनुपर्ने बताए । 

एमसीसीबारे साझा धारणा बनाउनुपर्नेमा जोडदिदै पौडेलले यसबारे पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताए । आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्ने बताउदै उनले यसबारे पक्ष र विपक्षमा बहस भइरहेको बताए । 

यस्तै पौडेलले बैठकमा सर्वोच्च अदालतको गतिरोध हटाउनुपर्ने, नारायणहिटीभित्र कुनै संरचना बनाउन नपाइने, कृषि मलको आपूर्ति व्यवस्था स्थायी रूपमै गर्नुपर्ने लगायतको प्रस्ताव पनि गरेका छन् । 

एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहयोग गर्न अनुरोध गरेका छन् । एमसीसी सम्झौता अगाडि बढाउने विषयमा देउवाले एमालेले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०४:३३
प्रतिक्रिया दिनुहोस्