माओवादीको पदाधिकारी चयन अझै ढिलो हुने, केन्द्रीय कमिटी बैठक स्थगित

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण देखिएपछि पुस २५ गते बस्न भनिएका उक्त बैठक स्थगित गरिएको बताइएको छ ।  

पुस २५ गते माओवादीको पदाधिकारी चयन गर्ने भनिएको थियो । यसअघि माओवादीको राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

पार्टी अध्यक्षमा भने पुष्पकमल दाहाल प्रचण्ड चयन भइसकेका छन् । चीनमा रहेका बर्षमान पुन आएपछि पदाधिकारी चयन गर्ने भनिए पनि कोरोनाका कारण यो काम केही ढिलो हुने भएको छ । 

पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरसंक्रमण भएपछि  अध्यक्ष  प्रचण्डले बिहीबारबाटै भेटघाट बन्द गरिसकेका छन् । कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बसेका हुन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्