राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई जिताउन समन्वय समितिको आग्रह

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - राजनीतिक समन्वय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेको छ । 

बिहिबार सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनको बिषयमा पनि छलफल गरेको छ । 

बैठकले निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार दिएका नेतालाई जिताउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार बैठकमा प्रतिनिधि सभा सञ्चालनका बिषयमा पनि छलफल भएको छ । 

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ वटै सिटमा प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारी दिएको छ । १९ सिटमा गठबन्धनका उम्मेदवारलाई जिताउन समितिले सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय पनि गरेको छ । 

राष्ट्रियसभामा गठबन्धनका पाँचै दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तलमेल गरेर उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्