रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे । 

भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍याे । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाति रह्यो । एल्कोयानोको लागि ड्यानी भेगाले एक गोल गरे । 

अर्काे खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डिपोर्टिभोलाई २–१ अन्तरले पराजित गर्‍याे ।  पुनरागमन जित निकाल्ने क्रममा बार्सिलोनाको लागि औसमाने डेम्बेले र फेरान जटग्लाले एक-एक गोल गरे । 

यसअघि डिपोेर्टिभोका हुगो डिआजले १९औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । डेम्बेलेले ६३ मिनेटमा बराबरीको अवस्थामा ल्याए । फेरानले ६९ मिनेटमा विजयी गोल गरे । 

बार्सिलोनाका ब्राजेलियन डिफेण्डर ड्यानी अल्भेसले यसै खेलमार्फत दोस्रो पटक डेब्युसमेत गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:०४
प्रतिक्रिया दिनुहोस्