आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल गर्दैन - गगन थापा  

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले एक्लै लड्ने बताएका छन् । 

बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा बोल्दै थापाले सो कुरा गरेका हुन् । उनले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताए । 

उनले राष्ट्रिय सभाको चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए । 

उनले भने - 'राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं' उनले थपे - 'गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।'
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०१
प्रतिक्रिया दिनुहोस्