प्रचण्डलाई बधाई दिँदै यसो भने बाबुराम भट्टराईले

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् । 

मंगलबार सामाजिक सञ्जलामार्फत भट्टराईले अध्यक्षमा पुनस् निर्वाचित भएकोमा वधाइ तथा शुभकामना दिएका हुन् । उनले बधाई दिँदै  प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् भनेका छन् । 

उनले लेखेका - 'छन्नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।'

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्