पदाधिकारी चयनको जिम्मा प्रचण्डलाई, १५ जनामा यी नेताहरुको नाम चर्चामा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले २३६ जना केन्द्रीय सदस्य चयन गरिसकेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरुको नाम सुनाएपछि बन्दसत्रबाट पारित गरिएको थियो ।  

प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम घोषणा गरेका थिए । अब माओवादीले १५ पदाधिकारी चयन गर्न बाकीँ रहेको छ । १५ पदाधिकारी चयनको लागि अबज माओवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । हेरिटेज प्लाजा सानेपामा बस्ने सो बैठकले पदाधिकारीको चयन गर्नेछ । 

पदाधिकारीमा अहिले विभिन्न नेताहरुको नाम चर्चामा छ । पदाधिकारी चयन गर्न पनि प्रचण्डकै हात हुने बुझिएको छ । माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । 

यी सबै पदमा विभिन्न नेताहरु अहिले चर्चामा रहेका छन् । प्रचण्डको निकै निकै नजिक रहेका नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुने चर्चा चलिरहेको छ । वरिष्ठ उपाध्यक्षमा अहिले कसैको दाबी परेको छैन । यस्तै उपाध्यक्षमा पनि जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन लगायतका नेताहरु चयन हुने चर्चा छ । 

यस्तै महासचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसालले पनि दाबी गरिरहेको बताइएको छ । यी मध्ये एक जना महासचिवमा चयन हुनेछन् । प्रचण्डले आफ्नो निकै नजिक रहेका एकलाई चयन गर्नेछन् । यस्तै अन्य पदमा पनि विभिन्न नेताहरुको नाम चर्चामा छ । तर त्यो सबै प्रचण्डको हातमा रहेको देखिन्छ । 

आइतबार केन्द्रीय सदस्यको नाम घोषणा गर्नुअघि निर्वाचन प्रक्रिया जाने हल्ला चलेको थियो । तर प्रचण्डले निर्वाचन आयोगलाई छलफल गरिरहको बताउदै रोकेका थिए । पछि उनले २३६ केन्द्रीय सदस्यको नाम सुनाए । आजको बैठकमा छलफलपछि १५ जना पदाधिकारीको नाम पनि प्रचण्डले नै घोषणा गर्ने देखिन्छ । 
  

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्