नेभिगेशन
राजनीति

स्वार्थ समूह हाबी हुँदा गलत कानुनहरू बन्दै छन् : सांसद न्यौपाने

काठमाडौँ- नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले स्वार्थ समूह हाबी हुँदा गलत कानुन बन्न पुग्ने आफ्नो अनुभव रहेको बताएकी छन् ।

केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै वटा ऐन संशोधन प्रस्ताव ल्याउने र संसद्मा त्यसबारे कमै मात्र छलफल हुने प्रवृतिले पनि समस्या पार्ने गरेको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले धेरै ऐन एकै पटक संशोधन गर्दा अर्थको अनर्थ लाग्ने शब्दहरू समेत ऐनमा पर्ने गरेको बताइन् ।

‘कहिलेकहीँ स्वार्थ समूह हाबी भएर गलत कानुनहरू पनि बन्दो रहेछ । विगतका एक दुइटा घटनाले यसको पुष्टि समेत गर्दछ’ उनले भनिन् ।

केही नेपाल ऐन भनेर गोलमटोल रूपमा ऐन बनाउने विषयमा सुधार आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति