नेभिगेशन
राजनीति

माओवादी चहारेर एमाले फर्किएका द्वारिकलाल फेरि उदण्ड भए, इटहरीका पूर्वमेयरलाई कारबाही तयारी

इटहरी– इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले कोशी प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीलाई कारबाहीको तयारी भएको पत्र र विवरण प्राप्त भएको छ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीका कारण बजेट होलिडे भएको भन्ने उनको बयानबाजीका कारण पार्टीको आन्तरिक कारबाही प्रक्रियाको विषय सतहमा आएको हो।

कोशी प्रदेश कमिटीको बैठकले चौधरीलाई कारबाहीको निर्णय गरिने भएको हो। 

२०८१ मङ्सिर २० गते चौधरीसँग पार्टीको हित र नीति विपरीत हिँडेको जनाउँदै ७ दिनभित्रमा लिखित स्पष्टीकरण सोधिएकोमा हालसम्म नदिई बसेकोमा उनलाई कारबाही गर्न लागिएको हो।

उनलाई पार्टीको खानेपानी तथा सरसफाइ विभागका कोशी सचिव रामप्रसाद चौलागाईलाई कात्तिक २७ गते साँझ बिभिन्न समयमा सामाजिक सञ्जाल र भ्वाईस मार्फत अभद्र तथा अशिष्ट गालीगलौज गरेको रेकर्ड प्राप्त भएको जनाउँदै लिखित स्पष्टीकरण मागेको थियो।

चौलागाईलाई पार्टीको विधान, अनुशासन र सामाजिक मूल्यमान्यता विपरीत गालीगलौज गरेकाले के कति कारणले त्यसो गरिएको हो? ५ दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न चौधरीलाई भनिएको थियो।

चौधरीले लिखित स्पष्टीकरण नदिएपछि पार्टीको कोशी प्रदेश कमिटीको २०८१ चैत्र ९ गते बसेको सचिवालय बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरेको थियो। पार्टीका कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले चौधरीलाई २०८२ वैशाख २ गते पत्र काट्दै २०८१ मङ्सिर २० गते सोधिएको स्पष्टीकरण ७ दिन भित्रमा पेस गर्न अनुरोध गरेका थिए। 

पछिल्लो पटक पार्टीले स्पष्टीकरण पेस गर्नका लागि पठाएको पत्रको समय ३ महिना बितिसक्दा पनि अटेर गरेकाले उनलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको बुझिएको छ। 

पत्रलाई गम्भीरतापूर्वक नलिए पार्टी विधान अनुसार अनुशासनको कारबाही सिफारिस हुने चौधरीलाई पछिल्लो पटक पठाइएको पत्रमा चेतावनी समेत दिइएको थियो।

पार्टीले कारबाही गर्ने भएपछि निवर्तमान मेयर चौधरीले जथाभाबी अभिव्यक्ति दिन सुरु गरेका छन्। 

उनले इटहरीवासीको हितमा भन्दा पनि उपमेयर चौधरीले व्यक्तिगत पाइँदाको कुरा गरेको र पुरा नहुँदा बहना वाजी गरेर बजेट होलिडे गराएको दाबी नै गरेका थिए। 

चौधरीले नै २०७९ को निर्वाचनमा उपमेयर पदमा सङ्गीताकुमारीलाई अघि सारेका मात्र थिएनन्, सबैभन्दा बढी मत दिलाएर जिताएका पनि थिए। 

सङ्गीताले सबैभन्दाबढी मत ल्याउँदा मेयरका उम्मेदवार यामकुमार सुब्बाले निकै कम मत पाई काँग्रेस सहितको गठबन्धन मेयरका उम्मेदवार हेम कर्ण पौडेलले विजय हात पारेका थिए।

उनी गत निर्वाचनमा माओवदी केन्द्रमा पुगेका थिए। 

माओवादी केन्द्रको प्रदेश सभामा उम्मेदवार रहेका उनी पराजित भएपछि एमाले अध्यक्ष केपी ओलीलाई भेटेर फेरि एमालेमा फर्किएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति