नेभिगेशन
राजनीति

राहुल गान्धी पक्राउ

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई नयाँ दिल्ली प्रहरीले सोमबार पक्राउ गरेको छ।

निर्वाचन आयोगको परिसरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन्।

आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ। मार्चपास लोकसभामा पिक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो। 

उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आ।रोप लगाएका छन् । मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव,महुजा मोइत्रा, संजय राउतलगायत थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति