नेभिगेशन
राजनीति

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्दै छन् ।

सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरूको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी