नेभिगेशन
राजनीति

पाकिस्तानसँग तनाव बढिरहेका बेला भाजपा विदेश विभाग प्रमुख चौथाईबाले किन झरे काठमाडौं?

काठमाडौं– भारत सरकार अहिले कश्मिरमा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि पाकिस्तानसँग युद्धको तनावमा रहेका बेला भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख बिजय चौथाईबाले बुधबार काठमाडौं उत्रिएका छन्।

दुई दिनका लागि काठमाडौं आएका उनी राजनीतिक भेटमा मात्र सरिक हुने भएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। चौथाइबाले काठमाडौं आउनु र सत्ता समीकरणमा रहेका दलको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्नुका पछाडि पनि विविध कारण रहेको हुन सक्ने अनुमान गरिएका छन्।

नेपालमा सत्ता समीकरण अदल बदल हुन सक्ने चर्चा अघिल्लो सातासम्म भएको थियो। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणाले त्यसलाई खण्डन गरेकी थिइन्। 

आरजुले भनेकी थिइन्,‘सत्ता समीकरण थाइल्यान्डमा हैन भए नेपाली भूमीमा नै हुने होला नि, हैन र?’

आरजुको यो टिप्पणीबीच उनले भाई मानेका चौथाइबालेको दुई दिनको काठमाडौंमा राजनीतिक भेटको मात्र भ्रमणलाई महत्वका साथ हेरिएको उच्च स्रोतहरूले दाबी गरेका छन्।

चौथाइबालेसँगको राणाको राखी कुटनीतिपछि नेपालमा सत्ता समीकरण परिवर्तन भएका यसअघिका उदाहरण पनि छन्। त्यसको ज्वलन्त उदाहरण भनेको यो सदनमा सरकार गठनको सुरुआती चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसको विश्वासको मत र रामचन्द्र पौडेलको राष्ट्रपति निर्वाचित भएको अवस्था थियो। 

चौथाईबालेले प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलाई अलग भेट्नेछन् भने मधेसवादी नेताहरुलाई सामूहिक रुपमा भेट गर्ने विवरण सतहमा आएका छन्। यसले नेपालको सत्ता राजनीतिमा अर्थ राख्ने पनि अनुमान गरिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी