नेभिगेशन
अर्थ विविध

अर्थतन्त्र सुध्रिँदै छ, लयमा फर्किँदै छ : अर्थमन्त्री पौडेल

काठमाडौँ- अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुध्रिँदै गरेको दाबी गरेका छन्। आइतबार (आज) सिंहदरवारस्थित मन्त्रालयमा पत्रकारहरूसँग उनले यस्तो दाबी गरेका हुन्। ‘अर्थतन्त्र सुध्रिँदै छ, लयमा फर्किँदै छ, ’उनले भने।

लक्ष्यमा पुग्न नसके पनि सन्तोषजनक आर्थिक वृद्धि भइरहेको भनाइ अर्थमन्त्री पौडेलको छ। ‘हाम्रो देशमा अनेकन् प्रकारका समस्याहरू छन्। त्यसको समाधानका लागि सरकारले काम गरिरहेको छ। सरकार जनतासँग जीवन्त सम्बन्ध बनाएर काम गर्न चाहन्छ। त्यसकै जगमा उभिएर तमाम समस्या समाधान गर्ने हाम्रो लक्ष्य छ, त्यसका लागि आवश्यक काम गरिरहेको छ सरकारले, ’उनले भने।

उनले सरकारले अर्थतन्त्र निर्माणमै काम गरिरहेको पनि बताए। आगामी बजेटका लागि आवश्यक छलफल भइरहेको उल्लेख गर्दै उनले भने, ‘अबको बजेट समग्रतामा आउँछ, त्यसमा पनि विभिन्न खाले आर्थिक रूपमा देखिने समस्याहरूको समाधान दिने गरी बजेट आउँछ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध