नेभिगेशन
समाज विविध

बालेन लेखिएको टि–सर्टसँग तर्सियो राज्य, बसन्तपुरमा प्रशाशनको यस्तो हर्कत?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तस्बिर खिपिएको र ‘बालेन’ लेखिएको टि–सर्टसँग नै राज्य तर्सिएको उदाहरण मंगलबार बसन्तपुरमा देखिएको छ। 

इन्द्र जात्रा हेर्नका लागि बालेन लेखिएको तथा तस्बिर छापिएको टिसर्ट लगाएर बसन्तपुरमा पुगेका युवाहरूको समूहलाई प्रहरीले कार्यक्रमस्थलबाट निकालेको छ। 

काठमाडौं महानगरपालिकाले नै आयोजना गर्ने इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री केपी शर्मा ओलीलगायत जाने कार्यक्रम हुन्छ। 

त्यसक्रममा बालेन लेखिएको टि–सर्टधारी युवायुवतीलाई बाहिर निकालिएको स्थानीयले जानकारी दिएका छन्। 

केही समययता प्रधानमन्त्री ओली र बालेनबीच खटपटसहितका विभिन्न मुद्दामा परोक्ष भनाभन चलिरहेको थियो। इन्द्र जात्रामा मेयर बालेन सहभागी छैनन्। तर, उनका समर्थकलाई समेत प्रशासनले बाहिर निकालेको छ। 
balen-1726555302.jpg
balen-1-1726555318.jpg
balen-3-1726555333.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध