गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्