प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ- प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।


आजको दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।

कांग्रेसका सांसदहरुको लगातारको नाराबाजीपछि सभामुखले बैठक स्थगित गरेका हुन् । जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।
    


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्