केदार कार्कीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्की उक्त नियुक्त बदर माग गर्दै सर्वोच्च पुगेका थिए। तर हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 

वैधानिक व्याख्याको विषय भएकाले उक्त विवादको टुंगो पूर्ण सुनुवाइबाट लाग्ने भएकाले अन्तरिम आदेश आवश्यक नरहेको आदेशमा भनिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्