बाख्रालाई घाँस खुवाउँदा ५ हजार जरिवाना !

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- ललितपुर महानगरपालिकाले सडक पेटीमा रुख विरुवा रोपेर हरियाली बनाएको छ । तर, सडकमा रोपिएका बिरुवा काटेर बाख्रालाई घाँस खुवाउने कार्य पनि हुने गरेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

काठमाडौं र ललितपुर दुबै शहरका सडक पेटीमा रोपिएका विरुवा भाँच्ने, उखेल्ने आदि समस्या देखिँदै आएका छन् ।

यसै सन्दर्भमा सडक पेटीको रुख काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा ललितपुर महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ का एक व्यक्तिलाई ६ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

सडकको पेटीमा रोपिएको विरुवा काटेर बाख्रालाई घाँस खुवाएको आरोपमा महानगरपालिकाले स्थानीय लालबहादुर लामासँग ५ हजार रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको हो ।

लामाले सडक पेटीमा रापिएको रुखको मोटो हाँगो काटेर बाख्रलाई घाँस हालेको महानगरको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्