प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्बजनिक बिदा

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ -  सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएपछि आज सार्बजनिक बिदा दिईएको छ ।

दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

भवन उद्घाटन प्रधानमन्त्रीले गर्ने भएपछि आज पालिकाभरी सार्वजनिक बिदा दिइएको छ । 

गाउँ कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले आज बैशाख २८ गते सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।  

newskarkahna-news694780.-1715315797.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्