स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा उनीहरूलाई जयनेपाल सिनेमा हल नजिकैबाट पक्राउ गरिएको हो ।

गाडीमा नगद लिएर हिँडिरहेको अवस्थामा ९८ लाख रुपैयाँसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबारी हुन् । पक्राउ परेका दुवैलाई दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्