कांग्रेस संसदीय दलको बैठक आज

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ - नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८:३० बजेका लागि तय गरिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।

काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।

आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्