झापाको दुई बैंकमा तोडफोड

बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ- बिर्तामोडको दुई बैंकमा तोडफोड गरिएको छ । सो क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । प्रहरीका अनुसार उनीहरू दुर्गा प्रसाईँ समर्थक हुन् ।

दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा र्‍याली निकालिएको थियो । प्रहरीका अनुसार बिर्तामोड-५ को सिटी सेन्टरअगाडिबाट सुरु र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२र१५ जनाले ज्योति विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्