Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाँकेमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

बिहीबार, वैशाख २७, २०८१

बाके -  बाँकेमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्