कार्यकर्तालाई इमान्दार बन्न ओलीको आग्रह

बुधबार, वैशाख २६, २०८१

कपिलवस्तु - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन् ।


एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि हुने बताए ।


कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको बताए । उनले भने, ‘यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ ।’

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए ।


अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ श्ययाको अस्पताल उद्घाटन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्