कैलाश सिरोहियाको रिटमा सर्वोच्चले माग्यो गृहको जवाफ

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं - सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृह मन्त्रालयलगायत जिल्ला प्रहरी कार्यालय धनुषाको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सिरोहियाले अन्तरिम आदेशसमेत माग गरेको भन्दै सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न आगामी शुक्रबार (२८ वैशाख)मा अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको छ ।

सरकारले आफूमाथि धरपकड गर्न खोजेको भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्