गायिका मेनुका पौडेलको आँखामा राखियो कृत्रिम आँखा

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं - गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि चाहिं फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जनाएका छन् । सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतको भनाइ छ ।

उनका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन । यसअघि इण्डियन आइडलको सिजन १४ मा पनि मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्