सभामुख घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरूले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले उपप्रधान तथा गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरूको छानबिन गर्ने उनको छानबिन नगर्ने भन्ने कुरा नहुने बताए । आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेन उनले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्