हावाहुरीका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’

सोमबार, वैशाख २४, २०८१

काठमाडौ - हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ ।

सोमबार साझदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले जनाएको छ  ।

निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्