बतासदेखि गण्डकी विकास बैंकसम्मका २५ कम्पनीले तिरेनन् कर, १५ दिनभित्र कर तिर्न निर्देशन

सोमबार, वैशाख २४, २०८१

काठमाडौं - ठूला करदाता कार्यालयले २५ ठूला कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको, कतिपय करदातालाई फोन सम्पर्क गर्दा हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलगी पत्र कुझाउन नसकी फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कमै दाखिला भएको उल्लेख गरेको छ ।

‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेस गर्न हुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘तोकिएको अवधिभित्र बक्यौता खादिला वा दाखिला गरिसकेको प्रमाण पेस हुन आएमा आयकर ऐन-२०५८ को दफा १०४ देखि १११ सम्म एवम मुल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) दतथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुल उपर गरिने व्यहोरासमेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।’
७ वटा कम्पनीले आयकर तिरेका छैनन् । ५ वटा कम्पनीले आयकर/मूल्य अभिवृद्धि कर दुवै तिरेका छैनन । १३ वटा कम्पनीले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्