फेरि फुट्यो उपेन्द्र यादवको पार्टी, अशोकसित बहुमत सांसद हुँदा गठबन्धन धरापमा

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।

अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।

हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए ।

नयाँ दल जनता समाजवादी पार्टी राखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।
  

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्