नेपालको कुल औषत आयु ७१.३ वर्ष, ६० प्रतिशत एकल परिवार

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ - अहिले नेपालको कुल औषत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालय, जनसङ्ख्या शाखाले जनसाङ्ख्यिक सूचकहरू सहितको विवरण सार्वजनिक गरेको छ । 

पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएर करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । 

दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । 

सबैभन्दा कम महिलाहरूको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।

नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरु आर्थिक तथा सामाजिक संरचनाहरुमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।

सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश
एउटा (१५-४९) वर्षका महिलाहरुले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको संख्या १ जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरु जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरुले छोरीहरु जन्माएको देखिन्छ । सबैभन्दा कम छोरीहरुको जन्म बागमती प्रदेशमा भएको छ ।

छोरीहरुको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताए । प्रतिहजार महिलाहरुमा २२२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन् ।

कोरा मृत्युदर सबैभन्दा बढी गण्डकी प्रदेशमा, सबैभन्दा कम कर्णालीमा
प्रतिएक हजारमा कति व्यक्तिहरुको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना), कोशी र वागमती प्रदेश रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ । मधेस प्रदेशमा मृत्युदर कम भएको देखिन्छ । २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ । २०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो ।

लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ । १ हजार लाइफ बर्थमा कति जना बच्चाहरुको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरुको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ । त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ । सबैभन्दा कम गण्डकी प्रदेश र बागमती प्रदेशमा छ ।

जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसावमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ । मधेस प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरु मर्दा २३ जना छोराहरुको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ जना छोराहरुको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ । छोराहरुको मृत्युदर सबै उमेर समूहमा बढी छ ।


गण्डकी प्रदेशमा आन्तरिक बसाईं सर्नेहरु सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाईं सरेका छन् । यो पाँच वर्षको तथ्यांक हो । बागमती प्रदेशमा करिव १ लाखमा ५४ जना बसाईं सरेको तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।

५ वर्षमा वाह्य बसाईं सर्ने नेपालीहरु प्रति एक लाखमा ३७ सय ५२ जना
५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना वाह्य बसाईं सराई भएका छन् । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाईं सरेका छन् । दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्