घरजग्गा कारोबार नियमन तथा निर्देशन गर्न छुट्टै ऐन बनाउने सरकारको तयारी

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घरजग्गा कारोबार अझै व्यवस्थित र पारदर्शी हुन जरुरी रहेको बताएका छन्। 

आइतबार रियल स्टटे कन्फ्रेन्स-२०२४ को उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन्। 

घरजग्गा कारोबार नियमन तथा निर्देशन गर्न छुट्टै ऐन, कानुन नभए पनि सरकारले प्रयत्न गरिरहेको उनले बताए। 

उनले घरजग्गा कारोबार विदेशमा व्यावसायिक हिसाबले चले पनि यहाँ व्यावसायिक हुन नसकेको बताए। घरजग्गा कारोबारमा पारदर्शिता प्रमुख चुनौतीको विषय रहको समेत उनको भनाइ छ। 

अनुमति नलिई घरजग्गा कारोबार हुँदा सरकारले राजस्व गुमाउनुका साथै कानुनी संरक्षण गर्न समेत समस्या परेको उनले औँल्याएका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्