आगलागीबाट एकै परिवारका ५ जना घाइते

आइतबार, वैशाख २३, २०८१

ललितपुर -ललितपुर महानगरपालिका- १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।

जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। घाइते ५ जनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ। 

एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ। 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्