अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

आइतबार, वैशाख २३, २०८१

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।


प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ ।

नाबालिगको उमेर १६ वर्ष थियो । उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेका नाबालिगको उपचारका क्रममा मृत्यु भएको हो ।


पछिल्लो समय अष्ट्रेलियामा चक्कु प्रहार सम्बन्धी अपराधमा वृद्धि भएको छ । गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो ।

यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्