सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा : प्रधानमन्त्री

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा जाउँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए ।

उनले गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए । उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । निजी, गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्