मन्त्रिपरिषद बैठक बस्दै

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।


गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो । हिउँदे अधिवेशन यहि बैशाख २५ गतेका लागि बोलाउने सरकारको तयारी छ । जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्