छात्रवृत्तिको विवरण पठाउन विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं - काठमाडौं महानगरले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन महानगरभित्रका सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत् उक्त निर्देशन दिइएको जनाएका हुन् । नियमानुसार विवरण पेस नगर्ने विद्यालयलाई अनुमति रद्द या प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

विद्यालयले महानगरको पोर्टलमार्फत् फर्म भरी १० प्रतिशतले हुन आउने छात्रवृत्तिको संख्या भर्नुपर्ने छ । महानगरको विद्यालय शिक्षा नियमावलीअनुसार गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको जनाइएको छ ।

Class 1-10 सम्म Schloarship सम्बन्धी सुचना ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सोही कानुनको आधारमा गत बर्ष ४६५ बिद्यालय बाट १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका थिए । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

यो बर्ष बिधालय हरुलाई सजिलो को लागि हामीले online platform निर्माण गरेको छौ

सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण तल दिइएको लिंक मा क्लिक गरि सम्बन्धित बिद्यालय लाइ इमेल तथा एस एम एस मार्फत उपलब्ध गराइएको युजर नेम र पासवर्ड बाट लग इन गरि २०८१।०२।०२ गते भित्र अनिवार्य रुपमा पेस गर्नुहुन सुचित गरिन्छ।

विवरण पेस गर्नका लागि लिंक : https://shorturl.at/boqIR

विवरण पेस गर्दा उपलब्ध गराइएको पोर्टल मा २ वटा फर्म हरु रहेका छन , एउटामा कक्षागत रुपमा जम्मा बिद्यार्थी भर्ना संख्या र १० प्रतिशत ले हुन आउने कक्षागत छात्रवृति संख्या तथा अर्को फर्म मा छात्रवृति पाउने सम्पूर्ण बिद्यार्थी हरुको विवरण भर्नु पर्नेछ। विवरण भर्ने तरिकाको म्यानुअल तथा भिडियो टुटोरियल IEMIS मा पेस भएको इमेल मार्फत पठाईएको छ। सफ्टवेयर संचालन वा फर्म भर्ने सम्बन्धि कुनै समस्या भएमा महानगरपालिकाको शिक्षा बिभाग वा ९८५११९९९४५ मा सम्पर्क गरि सपोर्ट लिन सक्नुहुनेछ।

यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ।

सबै बिबरण प्राप्त भएपछि हामी छात्रवृत्ति को लिस्ट सार्वजनिक गर्नेछौ ।

May be an image of text

All reactions:

12K12K

प्रतिक्रिया दिनुहोस्