नेपालले गुमायो तेस्रो विकेट, आरिफ शेख आउट

बुधबार, वैशाख १९, २०८१

काठमाडौं- टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई तेस्रो विकेट गुमाएको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको हो । नेपालका आरिफ शेख ५ बलमा ३ रन जोडेर आउट भए ।

आरिफ दशौं ओभरको चौथो बलमा क्याच आउट भएका हुन् ।

यसअघि अनिलकुमार शाह ११ र विनोद भण्डारी १९ रन जोडेर आउट भएका थिए ।

नेपालले ९ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन जोडेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्