वेस्टइन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

बुधबार, वैशाख १९, २०८१

काठमाडौं- नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

आजको खेलमा नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् । यसअघिका खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

नेपाली टीम: दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्