‘बोक्सीको घर’को पाइरेसीविरुद्ध कानुनी उपचार खोज्ने ओएसआरको चेतावनी

बुधबार, वैशाख १९, २०८१

काठमाडौँ - गत शुक्रबारबाट ‘बोक्सीको घर’ फिल्म सार्वजनिक प्रदर्शनमा आएको छ । केकी अधिकारीको निर्माण अभिनय रहेको फिल्म सामाजिक सञ्जालमा पाइरेसी भएको भन्दै डिजिटल पार्टनर कम्पनी ओएसआरले कानूनी उपचारमा जाने चेतावनी दिएको छ ।
ओएसआरले एक विज्ञप्ती जारी गर्दै फिल्मका केही अंश पाइरेसी भएको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएको हो ।


पाइरेसीले फिल्मको लगानीमा असर पुग्ने बताएको ओएआरले पाइरेसी गरेमा १० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने र नोक्सानीको क्षतिपूर्ति भराइदिनुपर्ने कानूनी व्यवस्थाप्रति सचेत समेत गरेको छ ।


नाटककै लेखक तथा निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका हुन्। फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ। सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन्।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्