तरकारी खेतीबाट आम्दानी गर्दै मुक्तकमैया

बुधबार, वैशाख १९, २०८१

काठमाडाैं  - बेदकोट कञ्चनपुरको बेदकोट नगरपालिका-३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ । विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो ।

मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ । यहाँका स्थानीय कोही घर बनाउने मिस्त्री र कोही कोही मजदुरी गर्थे । तर अहिले धेरैजसो मुक्त कमैयाका परिवार तरकारी खेतीमा सक्रिय छन् । कमैयामुक्तपछि जानकी चौधरीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ । “कमैयामुक्तिपछि तरकारी खेतीको तालिम लियौँ ।

यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ”, “सिजनमा रु डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ ।” कमैयामुक्तिपछि सरकारले एक परिवारलाई पाँच कट्ठाको दरले जमिन उपलब्ध गराएको थियो । जानकीले आधा बिघा जमिन अधियाँमा लिएर धानरगहुँ खेती ग । नौ कट्ठा जमिनमा चाहीँ काँक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत तरकारी खेती गरेको छ । च्याउ खेती पनि गरेको छ ।

४० वर्षीय मानबहादुर डगौँराले १० कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेको छ । तरकारी बेचेरै घरखर्च चलाउँदै आएको छ । वार्षिक दुई देखि तीन लाख आम्दानी हुने गरेको बताए। “अटो रिक्सामा राखेर तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ, सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ”, “थोरै सिँचाइको असहजता छ, नहर लाग्दैन । बोरिङको पानीले सिँचाइ गर्नुपर्छ ।” कमैया बस्दा मानबहादुरले पढ्न पाएन ।

कमैयामुक्ति भएपछि लिएको तालिमले तरकारी खेतीमा लाग्न प्रेरणा मिलेको भनाइ छ । तरकारी खेतीबाटै कमाएको पैसाले आशापुरमा मानबहादुर पक्की घर निर्माण गर्दै छ । आशापुरकै विक्रम डगौँरा तरकारी खेती गर्छन् । कमैयामुक्त भएपछि तीन पटक वैदेशिक रोजगारीमा गए । मथनर, दुबई र साउदीमा मजदुरी गरे ।

श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फके । विक्रम गाउँमै तरकारी खेती गरेर आम्दानी गरिहेको छ । “आठ÷नौ वर्ष विदेशमा मजदुरी काम गरियो । त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे । अहिले राम्रो आम्दानी भइरहेको छ”, “स्वदेशमै मेहनत गरे कमाइ हुने रहेछ ।”

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्