चालू आवमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवमा कुल गार्हस्थ्य उत्पादनको आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको हो।

तथ्यांक कार्यालयका अनुसार चालु आवमा उपभोक्ता मूल्य ३.८७ प्रतिशत, आधारभूत मूल्य ३.५४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

यस्तै देशको अर्थतन्त्रको आकार ५८ खर्ब नाघ्ने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्