ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका मध्य एकको मृत्यु

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्