ललितपुरमा डढेलो निभाउने क्रममा २ जना घाइते

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएको प्रहरीले जानकारी दियो ।

घाइतेहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार एकको अवस्था गम्भीर छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्