बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

मंगलबार, वैशाख १८, २०८१

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडी रहेको छ । त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्