इलाम मतगणना : सुहाङको अग्रता कायमै, डम्बरलाई पच्छ्याउदै डकेन्द्र

सोमबार, वैशाख १७, २०८१

इलाम- इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत पाएका छन् ।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डकेन्द्र डम्बरभन्दा २०७ मतले मात्र पछाडि छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १५ सय ९६ मत मात्र पाएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्