सिम्रिक एयरको हेलिकप्टर ढोका नलगाइ उडेपछि….

सोमबार, वैशाख १७, २०८१

काठमाडौं - सिम्रिक एयरको बिमान ढोका नलगाइ उडेको पाइएको छ ।


काठमाडौंबाट सोमबार बिहान लुक्ला जाँदै गरेको सिम्रिक एयरको ९ एनएकेडीबी हेलिकप्टरमा ढोका नलगाएको इन्डिकेसन आएपछि आपतकालीन अवतरण गरिएको थियो ।


काभ्रेको धुलिखेलमा अवतरण गराएपछि ढोका लगाएर हेलिकप्टर पुन: लुक्लातर्फ प्रस्थान गरेको हो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो नियमनले यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । यसअघि विभिन्न वायुसेवा कम्पनीमा यस्ता समस्या देखिने गरेका थिए ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्