बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा उक्लियो

आइतबार, वैशाख १६, २०८१

बझाङ- बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन्। 

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९ सय ६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्