बझाङमा एमालेकाे अग्रता कायमै, एकीकृत समाजवादी चौथोमा

आइतबार, वैशाख १६, २०८१

चैनपुर- बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २८२२ मत गणना गर्दा उनले १३०३ मत पाएका छन् ।

भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ पाएका छन् ।

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ४०१ मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ प्राप्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार